माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा हुदै, राष्ट्रिय सम्मेलन बारे छलफल

मंसिर – १६, काठमाडौ । नेकपा (माओवादी) केन्द्रको स्थायी कमिटी बैठक अहिले पार्टि कार्यालय पेरिसडाँडामा जारी छ । बैठकमा पार्टीको आसन्न राष्ट्रिय सम्मेलनका बिषयमा छलफल भइरहेको माओवादीका एक नेताले जानकारी दिए । 

बैठकमा पार्टीको सम्मेलन प्रस्तुत गरिने पार्टीका विधान, प्रतिवेदन, सम्मेलनको व्यवस्थापन, प्रतिनिधि छनोटको मापदण्ड लगायतका विषयमा छलफल भइरहेको छ । माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आउँदो पुस ११ देखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ । 
 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here