अभिनेता कर्मा शाक्य फिल्म ‘फ्रोस्टबाइट’ बाट हलिउडमा प्रवेश गर्दै

मंसिर – १६ । नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता कर्मा शाक्य हलिउड फिल्ममा प्रबेश गरेका छन् । उनी फिल्म ‘एक्समेन’ र ‘थोर’ लेखक ज्याक स्टेन्जको नयाँ फिल्म फ्रोस्टबाइट मा अनुबन्धित भएका हुन् । 

फिल्म ‘सानो संसार’ मार्फत फिल्म क्षेत्रमा प्रबेश गरेका उनले हलिउड फिल्ममा पनि अभिनय गर्ने भएपछि फ्यानहरु पनि उत्साहित भएका छन् । उनले अभिनय गर्ने फिल्म फ्रोस्टबाइट को छायांकन नेपालमा पनि गरिनेछ । 
फिल्म सगरमाथामा खसेको हिम पहिरोमा बाँच्न सफल चार आरोहीको कथामा आधारित छ । फिल्म सन् २०२२ को फेब्रुअरीमा नेपाल र अमेरिकामा छायांकन हुनेछ । यस फिल्ममा कर्मासँगै बलिउड अभिनेता गुल्सन ग्रोबरको पनि अभिनय रहनेछ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here