दिल्लीमा ६ वर्षयताकै खराब वायु प्रदुषण

अन्तर्राष्ट्रिय खबर । भारतको राजधानी नयाँ दिल्लीमा गत महिना देखा परेको वायु प्रदुषण ६ वर्षयताकै खराब भएको पुष्टि भएको छ। भारतको सरकारी तथ्यांकले नोभेम्बर महिनामा दिल्ली ६ वर्षयताकै प्रदुषित बनेको पुष्टि गरेको हो।
नोभेम्बर महिनामा दिल्लीको वायु प्रदुषणले खराब अवस्था पार गरेर गम्भीर अवस्थामा पुगेको थियो। करिब ११ दिनसम्म रेकर्ड गरिएको सो प्रदुषण सन् २०१६ नोभेम्बर यताकै खराब भएको हालै जारी सरकारी तथ्यांकले देखाएको हो। तथ्यांकले दिल्लीको वायु नोभेम्बर महिनाभर खराब रहेको समेत देखाएको छ। २०१६ नोभेम्बरमा त्यहाँ १० दिनसम्म दिल्ली सहर खराब वायु प्रदुषणले घेरको थियो।
गत नोभेम्बरमा भारतका विभिन्न शहरमा वायु प्रदुषणले सीमा नाघेको थियो। जसका कारण दिल्लीलगायत मुख्य शहरमा प्रान्तीय सरकारले हप्ता दिनसम्म शैक्षिक संस्था, उद्योग कलकारखाना, निर्माण कार्य बन्द गर्न निर्देशन दिएको थियो भने सरकारी तथा निजी कार्यालयका कर्मचारीलाई घरबाटै काम गर्न निर्देशन दिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here