समाजसेवी दिनेश तामाङको पहलमा मनाङको विभिन्न ६ सस्थानहरुमा सहयोग हस्तान्तरण

मंसिर – १३ । समाजसेवी दिनेश तामाङको पहलमा कोभिड तथा बाढीले आक्रान्त हिमाल पारीको जिल्ला मनाङका विभिन्न विद्यालयहरु, स्वास्थ चौकी , पालिका एबं वडाहरुमा एकल महिला, पुरुष ,अनाथ बालबालिका हरुलाई लत्ताकपडा एबं अति आवस्यकिय स्वास्थ सामाग्री, कोभिड तथा आपतकालिन बिरामीलाई लक्षित गरि पोर्टेबल मेडिकल अक्सिजन कन्सन्ट्रेटर लगायतका सामाग्रीहरु हस्तान्तरण गरिएको समाजसेवी दिनेश तामाङले होराईजन खबरलाई बताउनु भयो ।

सहयोग सामाग्री हस्तान्तरण गरिएका संस्थानहरु :
१) मर्स्याङदी आधरभुत विद्यालय नासों-३ मनाङ
२)धारापानी आधरभुत बिधालय नासों-३ मनाङ
का छात्रा-छात्र लाई न्यानो ज्याकेट,स्कुल ब्याग,कपी र कलम बितरण
३) लमजुङ जिल्ला मर्स्याङदी गाउपालिका ४ र ७ नम्बर वडाका एकल महिला,दलित,अनाथ र फरक क्षमता भएका हरूलाई न्यानो ज्याकेट
४) मर्स्याङदी गाउपालिका जगत सामुदायिक स्वास्थ्य ईकाई र भुलभुले स्वास्थ्यचौकी लमजुङ लाई १६ प्रकारको अत्यआवश्यक मेडिसिन बितरण
५) मर्स्याङदी गाउपालिका बाहुनडाँडा स्वास्थ्यचौकी मा कोभिड तथा आपतकालिन बिरामीलाई लक्षित गरि पोर्टेबल मेडिकल अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

उक्त सहयोग जुटाउन महत्त्वपूर्ण भुमिका खेल्ने विभिन्न निकाय, संघसंस्था, सहयोगी मनहरु निम्न छन :
क) मुख्य सहयोगी:-ओम नमो बुद्द मदर कमिटी सेन्टर नेपाल (हङकङ) लिमिटेड
बिशेष सहयोगी :-श्रद्वेय शरणनायक धर्म गुरू छ्योकी निमा रिन्पोक्षे
अन्य सहयोगी:-
१)टुकी नेपाल समाज
२)सेवा ईन्टरनेशनल नेपाल
३)नेपाल मेड ईबी जर्मनी

त्यसैगरी .. न्यानो बाढौं ,खुशी साटौं अभियानलाई सहयोग गर्ने सहयोगीहरूलाई नासो गाउपालिका अध्यक्ष चन्द्र घले,उपाध्यक्ष कमल माया गुरूङ,नासो गापा वडा नम्बर ३ र १ का वडा अध्यक्ष द्वय मिन बहादुर गुरूङ र झलक गुरूङ, धारापानी आधरभुत बिधालयका प्रधानाध्यापक रोहित गुरूङ,मर्स्याङदी आधरभुत बिधालयका प्रधानाध्यापक टोल प्रसाद ढुङ्गना,धारापानी आबि का बिब्यस अध्यक्ष इनकाशी गुरूङ,भुलभुले स्वास्थ्यचौकी का ईन्चार्ज आशिष परियार, बाहुनडाँडा स्वास्थ्यचौकीका ईन्चार्च सन्दिप बिक र जगत सामुदायिक स्वास्थ्य ईकाई प्रमुखले धन्यबाद ब्यक्त गर्नु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here