नेपाली काङ्ग्रेस अधिबेशन ; धादिङको जिल्ला सभापतिमा रामनाथ अधिकारी बिजयी

धादिङ -१३ । नेपाली कांग्रेसको १४ औं जिल्ला अधिवेशन बाट सभापतिमा ढुंगानालाई ३६ मतले पछि पार्दै अधिकारी विजयी भएका हुन् । सभापतिका लागि देउवा पक्षका ढुंगाना र पौडेल पक्षका अधिकारीबीच मतदान भएको थियो ।

नेपाली कांग्रेस धादिङको मतगणना अपडेट:
अन्तिम मत परिणाम
सभापति
१. रामनाथ अधिकारी १०८२ विजयी
२. भिमप्रसाद ढुंगाना १०४६
उपसभापति
१. गेहेन्द्र मल्ल १०६८ विजयी
२. झम्क भट्ट ९६९
३. दलबहादुर अधिकारी १००६ विजयी
४. शेरबहादुर तामाङ ९८१
सचिव
१. राजु पाख्रीन ९८५
२. राजेन्द्र अधिकारी ८९८
३. रामकृष्ण पाण्डे १०१२ विजयी
४. विकास श्रेष्ठ ११२१ विजयी
सहसचिव
१. क्रान्ति डल्लाकोटी ९९५ मत बराबरी
२. नबराज तिमल्सिना १०९१ विजयी
३. बिजय पाख्रीन ९९५ मत बराबरी
४. हरि खतिवडा ९१५

ढुंगानालाई पूर्ब कानून मन्त्री दिलमान पाख्रिन र नेता तिलक रूवालीको सहयोग थियो । अधिकारीलाई निवर्तमान जिल्ला सभापति रमेश धमलासहित महासमिति सदस्य बासु तिमल्सिना, निवर्तमान उपसभापति भक्त लामाले साथ दिएका थिए ।

सभापतिसहित अन्य पदाधिकारी र सदस्यमा पनि अधिकांश रामनाथकै प्यानलका उम्मेदवार विजयी भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here