ताइवानका राष्ट्रपति र अमेरिकी प्रतिनिधि बीच आश्चर्यजनक भेट

अन्तरास्ट्रिय खबर । पाँच अमेरिकी प्रतिनिधि र ताइवानकी राष्ट्रपतिबीच आश्चर्यजनक भेटवार्ता भएको छ। शुक्रबार बिहान राष्ट्रपति साई इङ वेन र पाँच अमेरिकी प्रतिनिधीबीच सो भेटवार्ता भएको हो। अमेरिकी प्रतिनिधि सभाका पाँच प्रतिनिधिहरु बिहीबार राति ताइवान पुगेका थिए। 
संयुक्त राज्य अमेरिकाले स्वसासित मुलुक ताइवानलाई बलियो बनाउन पुनः समर्थन गर्ने सम्बन्धमा ताइवान पुगेका अमेरिकी प्रतिनिधिहरुले राष्ट्रपति वेनसँग आश्चर्यजनक भेटवार्ता गरेको बताइएको छ। अमेरिकी प्रतिनिधिसँग भएको भेटवार्तापछि राष्ट्रपति वेनले ताइवानले अमेरिकासँग निरन्तर सहकार्य गर्ने प्रतिक्रिया दिएको बताइएको छ।
दुई पक्षबीच शुक्रबार भएको भेटले ताइवान र चीनबीच थप तनाव सिर्जना गरेको र सो तनाव दशकयताकै उच्च रहेको अधिकारीहरुले अन्तर्राष्ट्रिय मिडियासँग बताएका छन्। ‘हाम्रो भ्रमणबारे समाचार आउदावित्तिकै चिनियाँ दूतावासले भ्रमण तत्काल रद्द गर्न सन्देश पठाएको रहेछ,’ अमेरिकी प्रतिनिधि एलिसा स्लेटकिन र डी मीच लगायतको टोलीले ट्विटरमार्फत् जानकारी दिएका छन्। चीनले स्वशासित ताइवान टापु आफ्नो भएको दाबी गर्दै आएको छ।