नेकपा माओवादी (केन्द्र) रुवीभ्याली गाउँपालिका अध्यक्षमा कर्मलामा तामाङ चयन

धादिङ । नेकपा माओवादी (केन्द्र) रुवीभ्याली गाउँपालिकाको पालिका सम्मेलन सम्पन्न भएकाे छ । कर्मलामा तामाङको अध्यक्षतामा ५५ सदस्यीय कार्यसमितिको गठन गरिएको अखिल (क्रान्तिकारी) जिल्ला इन्चार्ज बिमल तामाङले बताए ।

नवगठित कार्यसमितिको नामावली
अध्यक्ष : कर्मलामा तामाङ
उपाध्यक्ष : करिमान तामाङ, पदम तामाङ, सेर ब. तामाङ
सचीव : बिपिन तामाङ
सहसचिव : नर ब. गुरुङ
साथै कोषाध्यक्ष भने पछि मनोनीत गर्ने गरि ५५ सदस्यीय कार्यसमितिको गठन गरिएको छ ।

उक्त समारोहको अध्यक्षता निवर्तमान पालिका अध्यक्ष रामसिङ्ग तामाङ, प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) जिल्ला सदस्य एबं पालिका इन्चार्ज मिम्बा तामाङ, रुबिभ्याली ५ का जनप्रतिनिधि धिराज तामाङ, नेकपा माओवादी केन्द्र रुबिभ्यालिका वडा अध्यक्ष म्लङ्गे तामाङ लगायत अन्य अध्यक्षहरु, एबं अखिल क्रान्तिकारी जिल्ला इन्चार्ज बिमल तामाङ लगायत अन्य स्थानीय नेताहरुको आतिथ्याता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here