राउटे समुदायको अस्तित्व सङ्कटमा, किन ?

पश्चिम नेपालमा फिरन्ते जीवन बिताउँदै आएको राउटे समुदायको अस्तित्व सङ्कटमा पर्न थालेको भन्दै चिन्ता व्यक्त भइरहेका छन्।

गत एक वर्षको अविधमा छ जना बालबालिकासहित १७ जना राउटेको अकाल मृत्यु भएको उनीहरूको भलाइका लागि काम गर्दै आएको सामाजिक विकास सेवा केन्द्र (सोसेक) ले जनाएको छ।

अत्यधिक मदिरा पिउने कुलतसँगै आमाबुवाको लापरवाही, कुपोषणजस्ता कारणले पछिल्लो समय राउटेहरूको अकालमै ज्यान जान थालेको सोसेकमा कार्यरत लालबहादुर खत्री बताउँछन्।

विगत चार वर्षदेखि राउटे बस्तीको रेखदेखमा खटिएका उनका अनुसार २०७७ असारदेखि २०७८ असारसम्म जन्मिएका नौमध्ये छजना शिशुको छ महिनाको उमेरभित्रै मृत्यु भएको तथ्याङ्क छ।

लोप हुने खतरा

भर्खरै जन्मिएको शिशुलाई समेत दिनभरि बस्तीमै छाडेर आमाबुवा गाउँतिर घुम्न जाने भएकाले बच्चाहरूले खासै स्याहार नपाउने गरेको खत्री बताउँछन्।

राउटे समुदायका गतिविधिलाई लामो समयदेखि प्रत्यक्ष रूपमा नजिकबाट नियाल्दै आएका उनी भन्छन्, “मदिराको कुलत छुटाउन नसकिए राउटे समुदाय नै लोप हुने खतरा छ।”

यो अवधिमा अत्यधिक मदिरा पिएर, भिरबाट लडेर तथा दीर्घ रोगका कारण अरू ११ जना राउटेले पनि ज्यान गुमाएका छन्। (bbc)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here