अखिल (क्रान्तिकारी) धादिङको सह-सचिवमा श्रीकृष्ण रिजाल र संगम तामाङ मनोनीत

धादिङ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) धादिङ जिल्लाको प्रथम विस्तारित वैठक सम्पन्न भएको छ ।

बैठकले अखिल क्रान्तिकारी धादिङ जिल्लालाई अझ ससक्त र प्रभावकारी बनाउनको लागि सहसचिवमा अखिल क्रान्तिकारी नीलकण्ठ नगर समितिको अध्यक्ष श्री कृष्ण रिजाल र अखिल क्रान्तिकारी जिल्ला सदस्य संगम तामाङलाई मनोनीत गरिएको छ ।

उक्त बैठकको अध्यक्षता अनेरास्ववियु (क्रान्तिकारी) का अध्यक्ष बिनोद आचार्यले गरेका थिए । त्यसैगरी प्रमुख अतिथिमा नेकपा माओवादी (केन्द्र) धादिङ जिल्लाका इन्चार्ज एब बागमती प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेलले गर्नु भएको थियो, त्यसै गरि विशेष अतिथिमा धादिङ जिल्ला सह- इन्चार्ज राम बहादुर भण्डारी, बिजय बुर्ल्लाकोटी एबं अतिथिहरुमा अनेरास्ववियु क्रान्तिकारी निवर्तमान संयोजक उपेन्द्र जमकट्टेल , पुर्ब जिल्ला इन्चार्ज बिमल तामङ लगाएत अतिथिहरुको आतिथ्यता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here