नुवाकोट क्षेत्र नम्बर १ को दुबै प्रदेशमा महत पक्षको बिजयी; केसीको गाउँ नै महत पक्षमा

    नुवाकोट । नेपाली कांग्रेस १४ महाधिवेशन अन्तर्गत नुवाकोटको क्षेत्र नम्बर १ को दुबै प्रदेशसभा क्षेत्रमा महत पक्षले कब्जा जमाएको छ ।

    शनिवार विहान सम्पन्न मतगणनामा क्षेत्र नम्बर १ को प्रदेश क र ख मानै महत पक्षका सभापतिका उम्मेद्धवार विजयी भएसँगै दुबै पक्ष महत समुहले कब्जा जमाएको हो ।
    शनिवार विहान सम्पन्न भएको मतगणनामा क्षेत्र नम्बर १ (क) मा महत निकटका युवा व्यवसायी सुशिल खड्का र (ख) मा रामजी पौडेदे सभापतिमा भारी मतान्तरले विजयी भएका छन् ।

    प्रदेश ख मा महतको पुरै प्यानलले जित हात पार्दा क मा पनि केसी समुका एकजना मात्रै कार्यसमितिमा अटाएका छन् । यसले नुवाकोटमा केसी समुहले आफनो विरासत गुमाउँदै गएको जिल्लाका नेताहरु बताउँछन् ।

    अर्जुननरसिंहको गाउँमै समेत महत पक्षले बाजी
    मारेपछि केसी समुह जिल्लामा समेत रिङ आउठ हुने नेताहरु बताउँछन् । केन्द्रमा पौडेल समूहका नेताको रुपमा चिनिएका महत र केसी जिल्लामा भने अलग अलग समुह बनाएर हिँडिरहेका छन् ।

    अहिलेसम्म नुवाकोट कांग्रेसमा केसी परिवार एकातर्फ र अर्कोतर्फ रामशरण महत, प्रकाशशरण महत, बहादुरसिंह लामा रहेको चुनावी समिकरणले बताएको छ ।
    नुवाकोटमा विगतदेखि नै कांग्रेसमा केसी परिवार र महत परिवारबीच प्रतिस्पर्धा हुँदै आएकोमा यो अधिवेशनमा पनि त्यस्तै देखिएको छ ।

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here