नेकपा एकिकृत समाजबादी पार्टी खनियाँबास ५ को वडा अधिबेशन सप्पन्न

धादिङ । नेकपा एकिकृत समाजबादी पार्टी खनियाबास गाउँपालिका वडा न ५ को वडा अधिबेशन सप्पन्न भएको छ । सोमबार भएको भेलाले सर्बसहमत रूपमा राजेन्द्र तामाङको अध्यक्षतामा ३१ सदस्यीय कार्यसमिति चयन गरिएको युवा संघ नेपालका केन्द्रिय सदस्य कन्छा घले ले बताउनु भयो ।

नवगठित कार्यसमितिको नामावली
अध्यक्ष :- राजेन्द्र तामाङ (साविक वडा ७)
उपाध्यक्ष :- चोक बहादुर तामाङ(साविक वडा ५)
सचिव :- उत्तम तामाङ (ड्राईभर माईला)(साविक२)
सहसचिव :- मदन गदाल(साविक वडा ३)
कोषाध्यक्ष :- भृकुटी तामङ(साविक वडा ३)

उक्त समारोहको प्रमुख अतिथिमा नेकपा एकिकृत समाजबादी पार्टी बागमती प्रदेश कमिटी सदस्य (खनियाँबास गाउपालिका इन्चार्ज) कम्रेड भगवान थापा मगर, बिशेष अतिथि जिल्ला कमिटी सदस्य (खनियाँबास गाउपालिका इन्चार्ज ) कम्रेड फुर बहादुर तामङ र अतिथि हरु जिल्ला कमिटी सदस्य तथा युवा संघ धादिङ का अध्यक्ष कम्रेड प्रदिप फ्युवा तामङ जिल्ला कमिटी सदस्य तथा वडा नं ४ इन्चार्ज कम्रेड लोक बहादुर तामङ जिल्ला कमिटी सदस्य तथा वडा नं ५ इन्चार्ज कम्रेड रामनाथ तामङ जिल्ला कमिटी सदस्य कम्रेड बेग बहादुर तामङ युवा संघ नेपाल का केन्द्रिय सदस्य कान्छा घले, पिपुल्स भोलियन्टर धादिङका उपाध्यक्ष कम्रेड आईतराम तामाङ (माईला) लगायत अतिथिहरुको आतिथ्यता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here