चीनले अफगानिस्तानलाई मानवीय सहायता सामग्री पठायो

अन्तरास्ट्रिय खबर । चीनले अफगानिस्तानलाई मानवीय सहायतासम्बन्धी सामग्री पठाएको छ। चिसो मौसमका लागि भन्दै चीनले यस्ता सामग्री पठाएको हो। यी सामग्रीहरु लिएर उत्तरी चीनको होग्रोस बन्दरगाहबाट आइतबार एक रेल अफगानिस्तानतर्फ लागेको हो। सो रेल सोमबार अफगानिस्तान पुग्ने बताइएको छ।
अफगानिस्तानका लागि सो रेलमा करिब एक हजार टन सामग्री पठाइएको चिनियाँ अधिकारीले जनाएका छन्। ती अधिकारीका अनुसार चीनले विगतदेखि अफगानिस्तानलाई सहयोग गर्दै आएको छ। यी सामग्रीहरुमा खाद्यान्न र लत्ता कपडा रहेका छन्। जाडो मौसमका लागि जाडो कपडा पठाइएको छ भने केही आधारभूत औषधिहरु पनि त्यहाँ पठाइएको समाचारमा जनाइएको छ।
चीनले गएको जुन महिनाको अन्त्यदेखि नियमित रुपमा चीनलाई सहयोग सामग्री पठाएको छ। चिनियाँ अधिकारीले त्यसयता अफगानिस्तानका लागि २ हजार ६०० टन यस्ता सामग्री पठाएको जनाएको छ। अफगानिस्तानका तालिबानहरुले सशस्त्र विद्रोह गरेर यहाँको सरकारलाई विस्थापित गरेका थिए। त्यसयता यहाँका नागरिकलाई मानवीय सहयताको आवश्यकता परेको बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here