काङ्ग्रेस धादिङ क्षेत्र नम्बर १ को दुबै प्रदेशमा अधिकारी प्यानल विजयी

धादिङ । नेपाली कांग्रेसको १४ औ अधिबेशनमा धादिङको क्षेत्रिय अधिवेशन अन्तरगत क्षेत्र नम्बर १ को दुबै प्रदेशमा रामनाथ अधिकारीको प्यानल विजयी भएको छ ।

हिजो भएको मतदानबाट प्रदेश निर्वाचन क्षेत्र न. ‘क’ मा रामनाथ पक्षका उम्मेदवार राजकुमार कुंवर र ‘ख’मा विष्णु प्रसाद रुपाखेती सभापतिमा निर्वाचित भएका छन् ।
कुंवरले २३० मत ल्याई सभापतिमा विजयी भएका हुन् भने अर्का प्रतिद्वन्दी श्याम रेग्मीले २१९ मत ल्याएका थिए । साथै रुपाखेतीले २६७ मत ल्याई सभापतिमा निर्वाचित भएका हुन् भने उनको प्रतिद्वन्दी रामहरि कडेलले १५५ मत ल्याएका थिए । क्षेत्र नम्बर १ को अधिवेशन भने मंसिर ८ गते हुने भएको छ ।

धादिङ क्षेत्र नम्बर २ को दुबै प्रदेशको निर्वाचन आज हुँदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here