युरोपियन मुलुक अष्ट्रियामा पूर्ण देश ब्यापी लकडाउन

एजेन्सी । युरोपेली मुलुक अष्ट्रियाले देशव्यापी लकडाउन गर्ने घोषणा गरेको छ। देशमा कोभिड-१९ पुनः फैलिएको भन्दै आगामी सोमबारदेखि लागू हुनेगरी पूर्ण लकडाउन घोषणा गरेको हो।
अष्ट्रियाका चान्स्लर एलेक्जेन्डर सालेनवर्गले करिब १० दिनसम्मका लागि लकडाउन गर्ने र आवश्यकताअनुसार लकडाउन थप गरिने बताए। ‘अष्ट्रियामा कोभिड १९ को पाचौ लहर फैलन नदिन हामीले पूर्ण लकडाउनको निर्णय गरेका हौं,’ उनले भनेका छन्।
अष्ट्रिया पश्चिम युरोपेको कोभिडविरुद्ध सबैभन्दा कम खोप लगाउनेमा मुलुकमा पर्छ। अष्ट्रियामा कोभिड-१९ का नयाँ संक्रमण बढेकोले अधिकांश युरोपेली मुलुकले अष्ट्रियामाथि प्रतिबन्ध लगाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here