वायु प्रदुषणले पाकिस्तानी शहर लाहोर र भारतको दिल्लीको अवस्था नाजुक

एजेन्सी । बढ्दो वायु प्रदुषणका कारण पाकिस्तानी शहर लाहोर र भारतको राजधानी नयाँ दिल्लीको अवस्था नाजुक बनेको छ। गएको हप्तादेखि लाहोर र नयाँ दिल्लीमा बढेको वायु प्रदुषण बुधबारसम्म नाजुक बनेको हो।
स्वीस प्रविधि आइक्युएयर कम्पनीका अनुसार बुधबार लाहोरको वायु गुणस्तर मापन ३५० पुगेको छ भने नयाँ दिल्लीको ३९० पुगेको छ। विश्व स्वास्थ्य संगठनले वायु गुणस्तरले सो तह पार गर्नुलाई निकै खतरनाक मान्दै आएको छ।
खराब वायु प्रदुषणले बालबालिकामा आँखा र स्वासप्रश्वास समस्या देखिएको भन्दै लाहोरका बासिन्दाले वायु प्रदुषण रोक्न त्यहाँको सरकारसमक्ष आग्रह गरेका छन्। यद्यपि, सरकारले हालसम्म कुनै कदम नचालेको आलोचना स्थानीयले गरेका छन्।
यता दिल्ली सरकारले भने वायु प्रदुषणले गम्भीर अवस्था पार गरेपछि सबै शैक्षिक संस्था अनिश्चितकालका बन्द गरेको छ भने राज्यबाट दिल्ली प्रवेश गर्ने सवारी साधनमा रोक लगाएको छ। कर्मचारीहरुलाई घरबाटै काम गर्न, विभिन्न इन्धनबाट चल्ने अनावश्यक सवारी साधन नचलाउन, निर्माण कार्य रोक्न र दिल्ली वरिपरिका पावर प्लान्ट तत्कालका लागि बन्द गर्न सरकारले निर्देशन दिएको छ।
करिब २ करोड ५० लाख जनसंख्या भएको भारतको नयाँ दिल्ली र करिब १ करोड १० लाख जनसंख्या भएको पाकिस्तानको लाहोर संसारका सबैभन्दा बढी वायु प्रदुषित शहर हुन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here