तामाङ पत्रकार संघ बागमती प्रदेशको प्रथम अधिबेशन काठमाडौमा हुदै ।

मंसिर – २, काठमाडौ । तामाङ पत्रकारहरुको साझा सगंठन तामाङ पत्रकार सघं बागमती प्रदेशको प्रथम अधिबेशन आज काठमाडौ स्थित तामाङ कल्याण गुठी तामाङ भवनमा हुँदैछ ।

आजै सम्पन्न हुने अधिबेशनमा हाल सम्म ५ जनाले अध्यक्षमा दाबी गरेको तामाङ पत्रकार संघ धादिङका अध्यक्ष सुर्य तामाङले बताए ।

उक्त समारोहको सभापतिमा तामाङ पत्रकार संघ बागमती प्रदेशको संयोजक डोल्मा मनाङथेनले गर्नु भएको छ भने, प्रमुख अतिथिमा बागमती प्रदेश उप- सभामुख राधिका तामाङ , विशेष अतिथिमा केन्द्रिय अध्यक्ष बिष्णु तामाङ , भाषा बिध अमृत तामाङ लगायतको आतिथ्यता रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here