धादिङ क्षेत्र न.२ प्रदेश (ख) को क्षेत्रीय सभापतिमा अशोक कूमार तामाङको उम्मेदवारी घोषणा

धादिङ । नेपाली काँग्रेसको १४ औ महाधिवेशनमा धादिङ ज़िल्ला क्षेत्र न. २ प्रदेश (ख) को क्षेत्रीय सभापति को उम्मेदवारको लागी नेपाली काँग्रेसका युवा नेता अशोक कूमार तामाँगले सभापतिको उम्मेदवारी घोषणा गरेका छन ।

लामो समयदेखी नेपाली काङ्ग्रेसमा आवद्ध भै विभिन्न सामाजिक कार्यमा सङ्लग्न भै पार्टी जिताउन तथा सङ्गगठन बनाउने क्रममा विभिन्न आरोपमा जेल जीवन समेत बिताएका ,अशोक कुमार तामाङले सभापति पदमा उम्मेदवारी घोषणा गर्दै गर्दा अग्रजलाइ सम्मान र सानोलाइ माया गरेर अझै पार्टीको संगठन मजबुत बनाउने प्रतिबद्धता जनाउनु भएको छ ।

आसन्न निर्वाचन स्थानीय तह र प्रतिनिधि सभाको निर्वाचनमा हाम्रो प्रदेश भरिको जनतालाइ नेपाली काङ्ग्रेस मा मत हाल्न र पार्टी प्रती बफादार भै कार्य गर्न लगाउने र पार्टीको साधरण सदस्य बढी भन्दा बढी वितरण गर्ने र नेपाली काङ्ग्रेलाई निर्वाचनमा जिताउन सहयोग गर्ने प्रतिबद्धता साथ प्रदेश सभाको सभापतीको उम्मेदवार घोषणा गर्नु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here