सुन चाँदीको मूल्यमा वृद्धि !

कार्तिक – ३० । नेपाली बजारमा छापावाल सुनको मूल्य पाँच सय रुपैयाँले बढेको छ। मंगलबार छापावाल सुनको मूल्य पाँच सयले बढेर ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुनको मूल्य ९४ हजार ३ सय रुपैयाँमा कायम गरिएको थियो। 
नेपाली सुन चाँदी व्यवसायी महासंघले जनाए अनुसार मंगलबार तेजाबी सुनको मूल्य ९४ हजार ३ सय रुपैयाँ कायम गरिएको छ। सोमबार तेजाबी सुन प्रतितोला ९३ हजार ८ सयमा कारोबार भएको थियो।
यस्तै, चाँदीमा पनि सामान्य वृद्धि भएको छ। मंगलबार चाँदी प्रतितोला १ हजार २९० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी तोलाको १ हजार २८० रुपैयाँ थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here