नुवाकोटको ककनी गाउँपालिकाले शिक्षकहरुलाई नि:शुल्क स्वास्थ्य बिमा गरिदिने

कार्तिक – २९ । नुवाकोटको ककनी गाउँपालिकाले विद्यालयमा कार्यरत शिक्षक शिक्षिकाकालाई एक लाख बराबरको स्वास्थ्य बिमा नि:शुल्क गरिदिने भएको छ । शिक्षक प्रतिनिधिहरुसंगको छलफलको क्रममा गाउँपालिकाका अध्यक्ष मानबहादुर लामाले गाउँपालिकामा रहेका विद्यालयहरुमा अध्यापन गराईरहेका झण्डै चारसय शिक्षक शिक्षिकाको लागि स्वास्थ्य बिमा गराईदिने बताउनुभएको हो ।
एकीकृत अखिल नेपाल शिक्षक संगठन ककनीले गाउँपालिकाभित्र कार्यरत शिक्षक शिक्षिकालाई नि:शुल्क स्वास्थ्य बिमा गराउनका लागि माग गरेका थिए । पेशाप्रति लगनशील बनाई विद्यालय शिक्षालाई प्रभावकारी बनाउनका लागि निशुल्क स्वास्थ्य बिमा गराउन लागेको ककनी गाउँपालिकाका अध्यक्ष मानबहादुर लामाले बताउनुभयो । उहाँले छिट्टै कार्यापालिकाको बैठकबाट आवश्यक रकमको व्यवस्था गरी निर्णय कार्यन्वय गरिने बताउनुभयो ।
संगठनको माग बमोजिम गाउँपालिकाले विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षकहरुको एक लाख बराबरको स्वस्थ्य बिमा गर्ने घोषणा गरेको संगठनका नुवाकोट जिल्ला अध्यक्ष बिनोद लामाले बताउनु भयो । अध्यक्षको उक्त घोषणाप्रति एकीकृत अखिल नेपाल शिक्षक संगठन नुवाकोटले धन्यवाद व्यक्त गरेको छ ।
               

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here