एतिहासिक गंगाजमुना मेला २०७८ भब्यताका साथ सम्पन्न ! (तस्बिर सहित)

कार्तिक – २९ । धादिङको गगांजमुना गाउँपालिकामा रहेको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र गंगाजमुनामा लागेको मेला आज सम्पन्न भएको छ ।
हरेका बर्ष हरिबोधनी एकादशीको अवसरमा त्यहाँ भव्य मेला लाग्ने गर्दछ । ३ दिनसम्म चल्ने मेलामा धादिङबाट मात्र नभई अन्य जिल्लाबाट समेत हजारै भक्तजन मेला भर्न आउँने गर्दछन् ।
त्यहाँ रहेको गंगा र जमुना नामका दुई झरनाबाट झरेको पानीबाट बनेको कुण्डमा गएर गएर नुहाउँदा मनले चिताएको कुरा पुरा हुनुको साथै रोगव्याधी निको हुने, परिवारमा सुखशान्ति र समृद्धि छाउने धार्मिक विश्वास समेत रहि आएको छ । झरना झरेको पहराको बीचमा रहेको मन्दिरमा गएर महादेवको पुजाआजा गर्दा मनोकामना पुरा हुन्छ भन्ने धार्मिक विश्वास पनि रहि आएको छ ।
त्यहाँ दर्शनको लागि पुग्ने गरेका भक्तजनहरु अघिल्लो दिन बेलुकादेखि फुलको डोली लगेर बत्ती बाली जागराम बस्छन । एकादशीको दिन बिहान गंगाजमुनाको जलले स्नान गरि डोली तार्ने, बत्ती सेलाऊने र पहरामा रहेको महादेवको दर्शन गरि घर फिर्ता हुने गर्दछन् ।
त्यहाँ पुग्ने झक्तजनहरु ढाँडखर्कमा रहेको पहराको टुप्पोबाट खस्ने गंगा कुकुर धारोमा गएर पनि नुहाउनेहरु गर्दछन् । विशेष गरी वर्षभरी कुकुर वा अन्य कुनै जनावरले टोकेमा त्यसको दोष निवारणका लागि भन्दै कुकुरधारोमा गएर नुहाउने प्रचलन रहेको छ ।
नेपालकै दोस्रो लामो झरनाको रुपमा परिचित २ सय ८ मिटर लामो गंगाजमुना झरना हेर्न हरेक बर्ष हजारौ आन्तिरिक तथा बाह्य पर्यटकहरु समेत त्यहाँ पुग्ने गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here