म्यानमारमा अमेरिकी पत्रकार डेनीलाई ११ वर्षको जेल सजाय

एजेन्सी । म्यानमारको एक फौजी अदालतले अमेरिकी पत्रकार डेनी फेनस्टरलाई ११ वर्षको जेल सजाय सुनाएको छ । फेनस्टरलाई आप्रवासी कानुन उल्लंघन र सेनाविरुद्धको असन्तोषलाई प्रोत्साहित गरेकोमा दोषी पाइएको छ ।​यसैहप्ता उनीमाथि देशद्रोह र आतंकवादका दुई अतिरिक्त अभियोग पनि लगाइएको छ । यी नयाँ मामिलामा अधिकतम सजाय आजीवन कारावास नै हो । नयाँ आरोपबारे निर्णय आएको छैन ।

फेनस्टर अनलाइन न्यूज पोर्टल फ्रन्टियर म्यानमारका प्रबन्ध सम्पादक हुन् उनलाई मेमा याङ्गुन अन्तरराष्ट्रिय विमानस्थलमा हिरासतमा लिइएको थियो ।​ फेनस्टरजस्तै अरु पत्रकार पनि छन् जसलाई यसै वर्ष सैन्य कूपछि हिरासतमा लिइएको छ ।

 फ्रन्टियरका अनुसार फेनस्टर यसअघि स्वतन्त्र समाचार साइट म्यानमार नाउमा काम गर्दथे । यी आरोप त्यतिबेलाको उनको कामका कारण नै लगाइएको थियो ।​ फ्रन्टियरले आफ्नो बयानमा भनेको छ, ‘उनी प्रतिबन्धित मिडिया हाउस म्यानमार नाउका लागि काम गर्दथे भन्ने कुरालाई आधार बनाएर यी सबै अभियोग लगाइएको हो ।

डेनीले जुलाई २०२० मा म्यानमार नाउबाट राजिनामा दिएका थिए र त्यसको अर्को वर्ष उनले फ्रन्टियरमा जागिर खाएका थिए । मे सन् २०२१ मा गिरफ्तारीका बेला उनी ९ महिनादेखि हामीसँगै काम गरिरहेका थिए । उनलाई यो अभियोगमा दोषी पाइनु निराधार हो ।’

अमेरिका फेनस्टरको रिहाईको कोसिस गर्दै आएको छ । म्यानमारमा अमेरिकी दुतावासले यसबारे हाल कुनै प्रतिक्रिया दिएको छैन ।
म्यानमारको सत्तारुढ सैन्य परिषद्ले पनि कुनै बयान जारी गरेको छैन ।
फेब्रुअरी सन् २०२१ मा सैन्य कूपछि म्यानमारको स्थिति दिन प्रतिदिन खराब हुँदै गइरहेका ेछ । पूर्व सरकारकी नेता आङ सान सूचीसमेत ठूला नेता जेलमा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here