वागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रीमा जमकट्टेल नियुक्ति

कार्तिक – २५ । धादिङका प्रदेश सांसद एवं नेकपा(माओवादी केन्द्र)का केन्द्रीय सदस्य शालिकराम जमकट्टेल बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री नियुक्त भएका छन् ।
नेकपा(माओवादी केन्द्र) वागमती प्रदेश संसदीय दलको नेता समेत रहेका जम्कट्टेलले मुख्यमन्त्री राजेन्द्र पाण्डेबाट बिहिबार अपराह्न सपथ लिएका हुन् ।
जम्कट्टेलसँगै नेपाली कांग्रेस संसदीय दलका सचिव निमा लामा पनि स्वास्थ्य मन्त्रीमा नियुक्त भएका छन् ।
पहिलो चरणमा मुख्यमन्त्री पाण्डेले कांग्रेस संसदीय दलका उपनेता कृष्णलाल भँडेल, माओवादी संसदीय दलका उपनेता कुमारी मोक्तान र एकीकृत समाजवादी संसदीय दलका उपनेता कृष्णप्रसाद खनाललाई मन्त्री बनाई सकेका छन् ।
जम्कट्टेल डोरमणी पौडेल नेतृत्वको यसअघिको सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्री भैसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here