विश्व इतिहासमा आजकै दिन घटेका ६ प्रसिद्ध घटनाहरुको जानकारी

कार्तिक – २५ । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए ।

प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही घटनाः

एंगोला स्वतन्त्र
विश्व इतिहासमा आज एंगोला स्वतन्त्र भएको थियो । पोर्चुगलले एंगोलमाथि लगाउँदै आएको ३०० वर्ष लामो शासन आजकै दिन अर्थात सन् १९७५ को ११ नोभेम्बरमा समाप्त भएको थियो ।

अमेरिकीमा जोर-बिजोर आधरमा राजमार्ग नामाकरण
सन् १९२६ मा अमेरिकामा अनगिन्ति राजमार्गलाई स्वीकृति दिइएको थियो । जसअनुसार उत्तरबाट दक्षिणतर्फका राजमार्गलाई बिजोर नम्बर र पूर्वबाट पश्चिमतर्फ जाने राजमार्गलाई जोर नम्बर दिइएको थियो । साना बिजोर अंक पश्चिमी राजमार्गमा प्रयोग गरिएका छन् भने ठूला अंक पूर्वमा प्रयोग गरिएका छन् । त्यस्तै, सानो जोर अंक दक्षिण र ठूलो जोर अंक उत्तरमा प्रयोग भएका छन् ।

पहिलो विश्वयुद्धको अन्त्य
सन् १९१८ मा पहिलो विश्वयुद्धको अन्त्य भएको थियो । सन् १९१८ को ११ नोभेम्बरमा जर्मन र गठबन्धन देशहरुबीच युद्ध अन्त्य गर्न हस्ताक्षर भएको थियो । पहिलो विश्वयुद्धमा १ करोड ७० लाख जनाको मृत्यु भएको थियो । २८ जुलाई सन् १९१४ मा प्रथम विश्वयुद्ध सुरु भएको थियो । युद्धमा ७० देशको संलग्नता थियो ।

रोदेसिया स्वतन्त्र
रोदेसिया ९हालको जिम्बाबे० सन १९६५ मा बेलायतबाट स्वतन्त्र भएको थियो । राष्ट्रसंघ र बेलायतले मान्यता दिएपछि यसको नाम जनगणतन्त्र जिम्बाबे राखिएको थियो ।

यासेर अराफातको निधन
सन् २००४ मा तत्कालिन प्यालेस्टिनी नेता यासेर अराफातको पेरिसमा निधन भएको थियो । सन् १९६६ देखि २००४ सम्म प्यालेस्टाइनको राष्ट्रपति बनेका अराफात प्लालेस्टिनी स्वतन्त्रत संगठन ९पीएलए० को अध्यक्ष थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here