धादिङ क्षेत्र नं २ ख बाट प्रदेश प्रतिनिधिमा उमेश कुमार श्रेष्ठको उम्मेदवारी घोषणा

कार्तिक – २४ । नेपाली काङ्ग्रेसको १४ औ महाधिवेशनमा धादिङ क्षेत्र नं २ ख मा प्रदेश प्रतिनिधि उमेश कुमार श्रेष्ठले जनजाति तर्फ बाट उम्मेदवारी घोषणा गरेका छन् ।

खुल्ला तर्फबाट प्रदेश अधिवेशन प्रतिनिधि पदमा आफ्नो उम्मेदवारी घोषणा गर्दै श्रेष्ठले पार्टीको सङ्गठनलाई सुदृढ,बलियो र व्यवस्थित बनाउन आफूले उक्त पदमा उम्मेदवारी घोषणा गरेको बताएका छन् । पार्टी र भातृ सङ्गठनहरूको संरचना तल्लो तहसम्म पुर्‍याउने र विधानको कार्यान्वयनलाई जोड दिने लक्ष्यसहित चुनावी मैदानमा होमिएको उनले बताएका छन् । नेपाली काँग्रेसको सङ्गठनलाई परिवर्तित सन्दर्भमा युवा र आम नागरिकको भरोसाको केन्द्र बनाउने सन्दर्भमा आफूले भूमिका खेल्ने बताउँदै निकट भविष्यमा हुने विभिन्न तहका निर्वाचनमा पार्टीको पक्षमा बलियो जनमत निर्माण गरी सबै निर्वाचनहरूमा जित सुनिश्चित गर्न लाग्नु पर्नेमा शाहको जोड रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here