नुवाकोट जिल्लाको विदुर न.पा. १३ स्थित अजिङ्गरे माविमा चोरी

    नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १३ मा रहेको अजिङ्गरे माविमा चोरी भएको छ ।

    तिहारको समयमा विद्यालय बन्द भएको समयमा विद्यालयको ढोका फोरेर चोरी भएको विद्यालयले जानकारी दिएको छ ।
    तिहारमा सार्वजनिक विदाको समयमा बन्द रहेको विद्यालयको पाँचवटा स्टिलको दराज तोेडफोड गरी १ थान ल्यापटप, सिसि क्यामेराको स्टोेरेज डिभाईस र १ थान मोनिटर चोरी भएको विद्यालयका प्रध्यानाअध्यापक मुकुन्द नेपालले जानकारी दिए ।

    सोमवार विद्यालय ब्यवस्थापन समितीको बैठक बसेर दोषीलाई तत्काल कारवाहीको माग गर्दै प्रहरी र प्रशासनमा उजुरी दिइएको छ ।

    विद्यालयमा भएको चोरीले सार्वजनिक सम्पत्तिमाथिको सुरक्षा थप चुनौतीपुर्ण भएको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here