सल्यानमा बस दुर्घटना हुदा १२ जनाको मृत्यु; १९ जना भन्दा बढी घाइते

कार्तिक – २१ । सल्यान बस दुर्घटनाका घाइते १९ जनालाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लैजाने तयारी भइरहेको छ। अहिले हेलिकोप्टर व्यवस्थापनका लागि छलफल भइरहेको छ। अहिले प्रहरी नायव उपरीक्षक गोविन्द थापाले १२ जनाको मृत्यु भएको र १८ जना घाइतेलाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लैजाने तयारी भइरहेको अन्नपूर्णलाई जानकारी दिए।
दुर्घटनामा १२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। सल्यान खलंगादेखि दाङको तुलसीपुर जाँदै गरेको रा १ ख २५५२ नम्बरको बस आइतबार बिहान कपुरकोट गाउँपालिका ५ थारखोलामा दुर्घटना भएको थियो।
दुर्घटनामा ५ जनाको घटनास्थलमै र ७ जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मुत्यु भएको प्रहरीले जनाएको छ। बसमा ३१ जना सवार थिए। बस सडकदेखि २०० मिटर तल खोलामा खसेको थियो। तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here