चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सबैभन्दा धेरै नाफा कमाउने बैंक एनआइसी; अन्य १० को सुची

काठमाण्डौ । एनआइसी एशिया बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सबैभन्दा बढी खूद नाफा आर्जन गर्ने सफलता प्राप्त गरेको छ । 
यो बैंकले समीक्षा अवधिमा १ अर्ब १८ करोड खूद नाफा आर्जन गरेको हो । 

पहिलो त्रैमासमा नवील बैंकले १ अर्ब ११ करोड, राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ५ करोड तथा एनएमबी बैंकले १ अर्ब ४ करोड खूद नाफा आर्जन गरेका थिए । यी सबैलाई उछिन्दै एनआइसी एशियाले सर्वाधिक खूद नाफा कमाएको हो । 
यो बैंकको बैंकको स्व–पुँजीमा प्रतिफल(आरओई) २१.३९ प्रतिशत रहेको छ, जुन २७ वटै बाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी हो । साथै, बैंक वार्षिक प्रति शेयर आम्दानी रू. ३९.६५ आर्जन गर्न सफल भएको छ, जुन निजी क्षेत्रका अन्य वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी हो । 
कोभिड–१९ को विषम परिस्थितिमा समेत बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्कृय कर्जालाई पहिलो त्रैमाससम्ममा ०.४९ प्रतिशतमा सीमित राख्न बैंक सफल भएको छ ।
यस अतिरिक्त देशका वाणिज्य बैंकहरूमध्ये आ.व. २०७८\७९ को पहिलो त्रैमासमा यस बैंकको र्याङ्कको तुलनात्मक अवस्था यस्तो छ:

यस बैंकले आ.व. २०७८\७९ को पहिलो त्रैमाससम्ममा व्यवसायतर्फको कर्जामा वार्षिक विन्दुगत आधारमा ३६ प्रतिशत (रू. ७४ अर्ब) ले वृद्धि गरी कुल कर्जा रकम रू. २७७.८५ अर्ब पुर्याउन सफल भएको छ । साथै, निक्षेपतर्फ वार्षिक विन्दुगत आधारमा २६.९९ प्रतिशत (रू. ६५.२९ अर्ब)ले वृद्धि गरी कुल निक्षेप संकलन रू. ३११.४५ अर्ब पुर्याउन बैंक सफल भएको छ । (bizshala.com)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here