उत्तरी धादिङको कपुरगाउँमा सामुहिक भाइटिका !

कार्तिक – २० । बिगत केही बर्ष देखि दिपावलीको अन्तिम दिन भाइटिकामा रुबिभ्याली गाउँपालिका वडा न ५ स्थित कपुरगाउँमा सामुहिक टीका लगाउने चलन थालिएको छ । त्यहि अनुसार यो पटक पनि सामुहिक रुपमा टीका ग्रहण गरिएको छ ।

सबै धर्ममा आस्था राख्ने दाजुभाइ दिदिबहिनी, आफन्तजनहरु सयुक्त रुपमा भेला भै खानेकुराहरु एकआपसमा साटासाट गरि हर्सोउल्लासका साथ मनाइएको छ ।

यसले धार्मिक एबं सामाजिक एकता, सदभाव र मेलमिलाप बढाउन मद्दत गर्ने स्थानीयले बताए । (होराइजन सम्बाददाता)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here