महर्षि स्कुलका प्रिन्सिपल निर्मल पौडेल अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

कार्तिक – १६, काठमाडौं । काठमाडौंको सामाखुसीस्थित पवित्रनगरमा रहेको महर्षि स्कुलका प्रिन्सिपल निर्मल पौडेल अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएका छन्। रक्षा इन्टरनेसनलले आयोजना गरेको दोश्रो संस्करणमा शिक्षा क्षेत्रमा अनभरत रूपमा लागिरहनुभएका सामाजिक व्यक्तित्वको रूपमा पौडेल सम्मानित भएका हुन्।

नेपाल सरकारका रक्षामन्त्री माननीय मिनेन्द्र रिजालको प्रमुख आतिथ्यमा सम्पन्न भएको भव्य समारोहमा बिभिन्न विधाका व्यक्तित्वहरुलाई सम्मान प्रदान गरिएको थियो। सिने क्षेत्रबाट भने सरोज खनाल, धिरेन शाक्य, रमेश उप्रेती लगाएत अन्य कलाकारहरुले अवार्ड हात पारे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here