बन्द हुँदै जीतु नेपालले संचालन गर्दै आएको ‘मुन्द्रेको कमेडी क्लब’

कार्तिक – १६ । हास्य कलाकार जीतु नेपालले संचालन गर्दै आएको कमेडी रियालटी शो ‘मुन्द्रेको कमेडी क्लब’ बन्द हुने भएको छ । जीतु आफैले शो बन्द गर्न लागेका हुन्  ।  एउटै फर्म्याटमा लामो समयदेखि कार्यक्रम चल्दै आएकोले दर्शकलाई मोनोटोनस हुन सक्ने देखेर बन्द गर्न लागेको जीतु नेपालले बताए । ‘अहिलेको रियालिटी शो भनिएको कार्यक्रम २६–२७ भागमा सकिने गरेको छ । हाम्रो लामो भयो’ नेपालले भने, ‘हाम्रो टिम वर्कमा पनि गडबढी भएको हो ।’ टेलिफिल्म जस्तो लामो समय तन्काउनु उपयुक्त नदेखेर पनि शो बन्द गर्न लागेको जीतुको भनाइ छ ।

प्रत्येक सोमबार साँझ ८ः५० मा नेपाल टेलिभिजनबाट प्रसारण हँुदै आएको शोमा करिश्मा मानन्धर, राजाराम पौडेल, राजेन्द्र नेपाली, उमेश राई, काउली बुढीलगायतका कलाकारको प्रस्तुति रहदै आएको छ । ‘मुन्द्रेको कमेडी क्लब’का संचालक तथा निर्माता जीतु नेपाल नै रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here