नेपाल मगर संघ , धादिङले प्रशिक्षात्मक अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल मगर संघ धादिङको अायाेजनामा जनगणना सम्वन्धि प्रशिक्षात्मक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ । नेपाल मगर संघ धादिङका अध्यक्ष अमृता रेशमी मगरकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल मगर संघ केन्द्रीय सदस्य एकु थापा मगर प्रमुख अातिथ्यतामा रहेकाे थियाे ।

राष्ट्रिय जनगणनामा मगरहरूकाे सहि तथ्यांक लिनकाे लागि मगरहरूले अनिवार्य मगर जाति लेखाउन व्यापक रूपमा मगरहरूलाई पालिकाहरूमा खटाउने र जिम्मेवारी वाँडफाँड गर्ने निणय गरिएकाे छ ।

“राष्ट्रिय जनगणना २०७८ मगर गणना राष्ट्रिय अभियान ” अन्तगत धादिङ जिल्लामा यहि कर्तिक १३ गते कार्यक्रम भएकाे हाे । मेराे गणना । मेराे अधिकार । मगर गणना । हाम्राे सराेकार । भन्ने मुल नाराका साथ सुरू भएकाे अभियानले मगरहरूकाे सहि तथ्यांक निकाल्न सहयाेग पुर्याउने अभियान्ताहरूकाे विश्वास छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here