मगर संसारद्वारा गर्भवती महिलाको लास ब्यस्थापनका लागि सहयोग हस्तांतरण

मगर संसारका संस्थापक अनिल लामिछाने मगरको पहलमा निलकण्ठ न.पा १० धादिङकी बर्ष ३५ की अप्सरा पल्लीमगर (पेटमा ८ महिनाको बच्चा रहेको) को असोज २७ गते अष्टमीको दिन सामान्य बिरामी भई उपचारको लागि धादिङमा रहेकाे धादिङ जिल्ला अस्पताल ल्याएकाेमा धादिङ अस्पतालले सामान्य उपचार पछि काठमान्डाै शिक्षण हस्पिटलमा रिफर गरेकाे थियाे । शिक्षण अस्पतालमा उपचारको क्रममा अप्सराकाे निधन भएपछि मृत लास निकाल्न (ब्यस्थापन गर्न) पैसाको समस्याले ४ दिन सम्म अस्पतालमै लास रहेको र तत्काल नेपाली रु.४०/५० हजार आवश्यक पर्ने भएपछि समाजिक सञ्जाल मगर संसार ग्रुप र पर्सनल फेसबुक id (अनिल)मार्फत रू.५१,६५०/- रुपिया जम्मा गरी बिरामीको सम्बंधित मान्छेलाई बैंक मार्फत पठाईएको छ।

नेपाल मगर संघ, धादिङका सचिव एवं हाेराईजन खवर डट कम का सहसम्पादक ईश्वर पल्लि मगर , अधिवक्ता कमल प्रसाद ईटनि, प्रहरी सहायक निरीक्षक हरि पाँडे लगायतकाे सहयाेगमा मृत लासलाई अार्यघाटमा शवदाह गरेकाे थियाे । मगर संसारबाट प्राप्त रकम रू ५१,६५० र स्थानिय व्यक्तिहरूवाट संकलित सहित जम्मा रू ६७,२३० रूपैया मृतकका अाफन्तलाई हस्तान्तरण गरेकाे थियाे ।

यो सहयोग रकम संकलन गर्न मगर संसारका एडमीनहरुले अपिल मार्फत ठुलो साथ दिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here