बिहिवार देखि सामलिङ पावर कम्पनीको आइपीओ निष्कासन

कार्तिक – ४ । सामलिङ पावर कम्पनीले बिहीबारदेखि आइपीओ निष्कासन गरेको छ ।

कम्पनीले आजदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गरेको हो ।
कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकितका दरले ७ लाख ३० हजार कित्ता सेयरमध्ये कर्मचारीका लागि २ प्रतिशत अर्थात् १४ हजार ५०० कित्ता सेयर र सामूहिक लगानी कोषका लागि ५ प्रतिशत अर्थात् ३६ हजार ५०० कित्ता छुट्याएर बाँकी रहेको ६ लाख ७८ हजार ९०० कित्तामा सर्वसाधारणले आइपीओ भर्न पाउनेछन् ।

कम्पनीको आइपीओ न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन पाइन्छ । कम्पनीको आइपीओ निष्कासन छिटोमा कात्तिक ८ गते र ढिलोमा कात्तिक १८ गते बन्द हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here