आज बाट क्रमिक रूपमा मौसममा सुधार हुने !

कार्तिक – ४ । नेपालमा पूर्वबाट प्रवेश गरेको बङ्गालको खाडीमा विकसित प्रणाली र पश्चिमबाट प्रवेश गरेको मध्य भारतमा रहेका न्यून चापीय पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव यो साता देखिएको बताइन्छ।

त्यसैले त्यसको प्रभाव ती दुवैको प्रवेश विन्दुमा उच्च देखिएको मौसमविदहरू बताउँछन्।

तर बिहीवारबाट त्यो कमजोर हुने बताउँदै जल तथा मौसम विज्ञान विभागका मौसमविद् वरुण पौडेल भन्छन्, “सुदूर पश्चिम र कर्णाली प्रदेशमा बुधवारबाटै पानी पर्ने क्रम रोकिएको छ। पानी पार्ने मौसम प्रणाली पश्चिमबाट क्रमश: पूर्वतिर सरिरहेको छ। बिहीवारबाट मौसममा सुधार हुनेछ र धेरै ठाउँमा घाम लाग्नेछ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here