रसुवामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु !

    कार्तिक – १ । रसुवामा पतिको कुटपिटबाट पत्नीको मृत्यु भएको छ। जिल्लाको नौकुण्ड गाउँपालिका–५ भोर्ले डाँडाटोल बस्ने ७६ वर्षीय बुधे स्याङतानको कुटपिटबाट पत्नी ६१ वर्षीया बाटुली तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेले बताए।
    प्रहरीका अनुसार शनिबार घरायसी विषयमा झैझगडा हुँदा बुधेले श्रीमती तामाङनीलाई घरको पिँढीबाट लात्ताले हान्दा आँगनमा बजारिन गई गम्भीर घाइते भएकी थिइन्।
    इलाका प्रहरी कार्यालय कालिकास्थानले जानकारी पाए लगत्तै घटनास्थलमा गएको प्रहरी टोलीले गम्भीर घाइते उनको उपचारका लागि जिल्ला अस्पताल नुवाकोट पठाएको थियो।
    अस्पताल लग्नेबित्तिकै चिकित्सकले तामाङको मृत्यु भइसकेको घोषणा गरेका थिए। मृतकको शव पोस्टमार्टम गरी आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।
    बुधेलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ।

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here