आगामी तीन दिन देशभरको मौसम आंशिक बदली हुने; कुन प्रदेशमा बढी बर्षाको सम्भावना ?

असोज – ३१ । भारतको आन्द्र प्रदेश र ओडिसाको तटीय क्षेत्र आसपास न्यून चापीय प्रणालीको प्रभावका कारण मुलुकका केही स्थानमा आगामी तीन दिन देशभरको मौसम आंशिक बदली हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार प्रदेश १, २, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा हुन सक्नेछ । त्यस्तै कर्णालीका केही स्थानमा मेघगर्जसहित हल्का वर्षा हुन सक्ने विभागले अनुमान गरेको छ ।
उपत्यकासहित मुलुकका कतिपय स्थानमा शनिबार रातिदेखि नै वर्षा सुरु भएको छ । वर्षा भएर केही समय खुले पनि आज दिउँसोबाट आंशिक बदली हुने विभागले अनुमान गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here