रसुवाको प्रसिद्ध स्थल गोसाइँकुण्ड र भैरव कुण्डको ‘डेप्थ साउण्डर’ मेशिन प्रयोग गरि गहिराइ नापियो

    रसुवा । रसुवाको धार्मिक तथा पर्यटकीयस्थल गोसाइँकुण्ड र भैरव कुण्डको गहिराइ नापिएको छ । ‘डेप्थ साउण्डर’ मेशिनको प्रयोग गरेर दुई वटा कुण्डको गहिराइ नापिएको हो । उच्च हिमाली क्षेत्रहरूमा ताल तलैया, पोखरीहरूमा कति पानी छ भनेर नाप्नका लागि डेप्थ साउण्डर मेशिन प्रयोग गरिने प्राविधिकहरुले जानकारी दिएका छन् ।
    जलवायु परिवर्तनले कुण्डहरूमा पारेको प्रभाव, कुण्डहरूमा पानीको अवस्था र त्यस क्षेत्रको मनसुनको प्रक्रियाबारे जानकारी लिने उद्देश्यले पर्यटन मन्त्रालय अन्तर्गत रहेको नेपाल माउन्टेन एकेडेमीले गहिराइ नापेको हो । अनुसन्धानकर्ता बासुदेव न्यौपानेको नेतृत्वमा गएको चार जना (आभास अर्याल, नवीन गुरुङ र विधान भण्डारी) को टिमले डुङ्गामा तालको कुना कुनासम्म गएर गहिराइ नापेको थियो ।

    ‘हामीले दुईवटा कुण्डको गहिराइ नापेका छौं’, अनुसन्धानकर्ता बासुदेव न्यौपानेले भने, ‘अन्य १६ वटा ताल–समूह श्रृङखलाको जीपीएस लोकेशन लिइएको छ ।’ डेप्थ साउण्डरले लिएको डाटालाई जीआईएसमा राखेर विश्लेषण गर्ने काम बाँकी छ । विश्लेषणको काम सकिएपछि कति गहिराइ छ भनेर भन्न सकिने उनको भनाइ छ ।
    यस अध्ययनले यस क्षेत्रमा पर्यटकीय क्रियाकलाप सञ्चालन गर्न, थप अध्ययन अनुसन्धान गर्न सहज हुने छ भने पछिल्लो समय विकसित हुँदै गएको रिसर्च एण्ड एजुकेशन टुरिजमको अवधारणालाई सहयोग पुग्ने छ । गोसाइँकुण्ड वरिपरि रहेको कुण्डहरूमा पानी कति छ भनेर जान्नु महत्वपूर्ण भएकाले पनि अनुसन्धान आवश्यक रहेको उनले बताए ।

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here