बालबालिकालाई जाडोयाममा कसरी चिसो बाट बचाउने र खतराको लक्षणहरु पत्ता लगाउने ?

असोज – ३० । जाडोको समयमा  बालकालिकामा विभिन्न स्वास्थ्य समस्या देखिन्छन्। यो समयमा बालबालिकामा निमोनिया लगायका रोगहरु देखा पर्दछ ।

बालबालिकाहरुको नाक घाँटी र वातावरणमा रहेका सूक्ष्म जिवाणु र विषाणुहरु सास फेर्दा वा अन्य कुनै माध्यमबाट फोक्सोमा पुग्यो भने फोक्सोको संक्रमण हुन सक्छ ।

खोक्दा वा हाछ्यु गर्दा पनि हावाको माध्यमबाट फोक्सोमा पुगी संक्रमण हुने सम्भावना रहन्छ ।

 लक्षण
–श्वासप्रश्वास दर बढ्ने
–ज्वरो आउने
–खोकी लाग्ने
–छातीको तल्लो भागमा रहेका मांसपेशी भित्र पस्ने
–श्वास फेर्न कठिन हुने
–ससाना बालबालिकाहरुले आमाको दुध नचुस्ने
कसरी जोगाउने?
– बालबालिकालाई जन्मेदेखि १५ महिनाको उमेर भित्र दिइने खोप लगाउनुपर्छ
–पर्याप्त मात्राको पोषणले बालबालिकाको रोगसँग लड्न सक्ने क्षमतामा बृद्धि गर्छ। बालबालिकालाई आमाको दूध र थप आहार प्रसस्त खुवाउनुपर्छ ।
–धुवाँधूलो र चिसोबाट बालबालिकालाई सधै सुरक्षित राख्नुपर्छ ।
–बालबालिकाहरुलाई एलर्जी गराउने पदार्थहरु जस्तै परागका कणहरु, शरीरमा छर्कने सुगन्धित बास्नाहरु आदिबाट जोगाउनुपर्छ ।
–सुरक्षित गर्भजाँच र प्रसूति सेवामा ध्यान दिनुपर्छ ।
–बालबालिकाको सरसफाइमा ध्यान दिनुपर्छ ।

निमोनिया भएमा ढिलो नगरी चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाहमा एन्टिबायोटिक औषधिद्धारा उपचार गर्नुपर्छ । आफूखुशी औषधी किनेर खानु हुँदैन । गम्भीर खालको निमोनिया छ भने अस्पतालमा भर्ना गरी उपचार गर्नुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here