आज हुने साफ फुटबल च्याम्पियनशिपमा बाङ्ग्लादेश सँग बराबरी खेले नि नेपाल फाइनलमा

असोज – २७ । नेपाली फुटबल टोलीले बुधवार साँझ पौने पाँच बजे प्रतिद्वन्द्वी बाङ्ग्लादेशसँग खेल्दैछ।

यो खेल नेपाली फुटबलको लागि धेरै अर्थमा महत्त्वपूर्ण छ।

यो खेलबाट कम्तीमा एक अङ्क अर्थात् बराबरी मात्र गर्न सके नेपाल साफ फुटबल च्याम्पियनशिपको फाइनलमा पुग्नेछ।

र, साफ च्याम्पियनशिपको २८ वर्षे यात्रामा पहिलो पटक उपाधिको लागि प्रतिस्पर्धा गर्नेछ।

हारको अर्थ भनेको चाहिँ प्रतियोगिताबाट बाहिरिनु हो।

दक्षिण एशियाको टापु देश माल्दिभ्समा सञ्चालन भइरहेको प्रतियोगिताको १३ औँ संस्करणमा शुरुका दुई खेल जितेपछि नेपाल प्रतियोगिताको दावेदार टोलीको रूपमा देखिएको थियो।

तर सहभागी सबै पाँच राष्ट्र (नेपाल, भारत, बाङ्ग्लादेश, श्रीलङ्का र आयोजक माल्दिभ्स) ले एक अर्कोसँग खेलेपछि अहिले प्रतियोगिताको समीकरण असाध्यै रोचक मोडमा पुगेको छ।

त्यो रोचक मोडमा नेपाली फुटबल समर्थकहरूले बुझेको एउटै विषय के हो भने नेपालले बाङ्ग्लादेशसँग ‘कम्तीमा हार’ नबेहोरे पुग्छ।

साफ च्याम्पियनशिप दक्षिण एशियाली राष्ट्रहरूको सबैभन्दा ठूलो फुटबल प्रतिस्पर्धा हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here