टिकाकाे साईत १० बजेर ०२ मिनेटमा उत्तम ।

यस बर्षकाे टिकाकाे उत्तम साईत १० बजेर २ मिनेटमा राम्रो रहेकाे पञ्चाङ निर्णयक समितिले जनाएकाे छ । विजयादशमीका दिन साइत खोजेर टीका लगाउनेका लागि बिहान १० बजेर ०२ मिनेटको साइत शुभ रहेको छ । यो वर्ष टीका लगाउने मानिस पूर्व फर्कनु शुभ हुनेछ। त्यस दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गा भवानीको प्रसाद लगाउन सकिन्छ ।

विजयादशमीका दिन बिहान ७ बजेर ०१ मिनेटमा तुलजा भवानीलाई मूल चोकबाट मूल मन्दिरमा फिर्ती यात्रा गराइने साइत छ । तुलजा भवानीलाई बिहान ८ बजेर ३२ मिनेटमा स्थिरासन गराइने साइत रहेको छ । खड्गयात्रा पनि यसै दिन गरिने छ । आश्विन शुक्ल पूर्णिमाका दिन कात्तिक २ गते सबै बलि पूर्ति गरिन्छ । त्यसै रात कोजाग्रत पूर्णिमा पर्व मनाइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here