रुबिभ्याली ५ मा संचालित द्वितीय वडा अध्यक्ष कप फुटबलको उपाधि दार्खाको सदाबाहार युवा क्लबलाई

असोज – २६ । हिन्दुहरुको महान चाड बडा दसैको अवसरमा संचालित द्वितीय वडा अध्यक्ष कप फुटबलको प्रथम उपाधि दार्खाको सदाबहार युवा क्लबले जितेको छ । आज भएको फाइनल खेलमा द्वितीय रुबिभ्याली टिप्लिङ र तृतीयमा रुबिभ्याली ५ कपुरगाउँको नमस्ते ग्रामीण बिकास समाज भएका हुन ।
बिजेताहरुले क्रमश ५० हजार , २० हजार र १० हजार नगद प्राप्त गरेका छन साथै मेडल, सिल्ड, प्रमाणपत्रहरु समेत बितरण गरिएको छ ।

समारोहको अध्यक्षता रुबिभ्याली ५ का वडा अध्यक्ष धिराज तामाङले गर्नु भएको थियो । त्यसै गरि प्रमुख अतिथि प्रदेश साम्सद जगत सिम्खडा विशेष अतिथि नेकपा माओवादी केन्द्र जिल्ला सचिवालय सदस्य एब रुबिभ्याली गाउँपालिका इन्चार्ज मिम्बा तामाङ एब पर्यटन व्यावसायि श्रीराम अधिकारी , रुबिभ्याली वडा न ५ का नेकपा माओवादी केन्द्रका अध्यक्ष म्लङ्गे तामाङ लगायतको आतिथ्यता रहेको थियो ।

उक्त खेलको प्रथम पुरस्कार ५० हजार, हाल सम्म कै रुबिभ्याली वडा न ५ को प्रतियोगिता मध्य पनि उच्च रकमको पुरस्कार भएकोले छिमेकी पालिका सगै छिमेकी जिल्ला गोर्खा बाट समेत खेलमा सहभागी हुन आएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here