काठमाडौं देखि घान्द्रुक घुम्न गएका ८ जनाको जिप दुर्घटनामा मृत्यु

असोज – २५ । कास्कीको नयाँपुलबाट घान्द्रुक जाँदै गरेको जिप सोमबार दुर्घटना हुँदा चालकसहित ८ जनाको मृत्यु भएको छ । काठमाडौंबाट घुम्न गएका दुर्घटनामा परी ५ पुरुष, २ महिला र जिपका चालक खुसीमान क्षेत्रीको निधन भएको हो ।

घान्द्रुकको हुँदु कटेपछि घान्द्रुक गाउँ पुग्नु अघिको कलाभिरमा ग१ज ६९०० नम्बरको जिप ब्याक हुँदा सडकबाट झण्डै डेढ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

जिपमा सवार एक महिला भने पछाडिको डिक्की खोलेर बाहिर निस्किन सकेका कारण बाँच्न सफल भएकी छन् । सोमबार करिब दुई बजेतिर भएको दुर्घटनामा निधन हुनेमा प्राय सबै युवाहरु रहेको स्थानीय थमन सुनारले बताए ।
मृतकको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी प्रवक्ता सुवास हमालले बताए । ७ मृतकको सनाखत हुन भने बाँकी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here