आज रातिबाट ‘ईडीभी’ खुल्दै, कसरी भर्ने ?

काठमाडौँ- अमेरिकाले सन् २०२३ का लागि आजदेखि ईडिभी चिट्ठा खुला गर्ने भएको छ । अमेरिकी विदेश मन्त्रालयले नेपाली समयअनुसार बुधबार बेलुका ९:४५ देखि डिभी चिट्ठा खुला गर्ने भएको हो ।
डिभी भर्न ‘अमेरिकी स्टेट गभर्मेन्ट’को साइटमा गएर आफ्नो सक्कली कागजात राखेर भर्न सकिन्छ । डिभी भर्दा नाम, जन्ममिति, जन्मस्थान, पासपोर्ट विवरण, फोटो, ठेगाना, फोन नम्बर, इमेल लगायतका विवरणहरू बुझाउनुपर्छ।

डिभी २०२३ का विजेताहरूले सन् २०२३ को सेप्टेम्बर ३० सम्म भिसा प्राप्त गर्नसक्ने छन् भने नतिजा सन् २०२२ को मे महिनामा आउनेछ ।

अमेरिकाको विदेशमन्त्रालय अन्तर्गतको वेबसाइटमा डीभी चिठ्ठा भर्ने फाराम राखिएको हुन्छ । त्यहाँ आफ्नो तस्बीरसहितको आफ्नो वास्तविक विवरण भर्ने । त्यहाँबाट एउटा कन्फरमेसन कोड दिइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here