सबन्धमा अचानक दुरि लियाै म के गरु; गणेश घिमिरे (गहन)

मुक्तक

सबन्धमा अचानक दुरि लियाै म के गरु
खासमा तिमी नै त्यस्तै थियाै म के गरु
राख्न त तिमीलाई मुटुमै राखेको हुं प्रिय
धड्कन बढ्यो तिमी उछिट्टियाै म के गरु ?

सबन्ध जोड्ने धागोले हो सियो हुदासम्म
सधै दिन सकिँदैन कसैले दियो हुदासम्म
मेरै मस्तिष्कले टाउकोमा टेक्याै गर्व लाग्यो
बैशाखि काम लाग्छ हात बलियो हुदासम्म

गणेश घिमिरे
गजलकार तथा मुक्तककार
धादिङ
(हाल त्रिभुवन बिश्वबिद्धालयमा स्नातकोत्तर अध्यनरत )

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here