तीन दिन देखि बन्द, नुवाकोट र रसुवामा सञ्चालित सार्वजनिक यातायात खुल्यो

    असोज – २० । तीनदिनपछि नुवाकोट र रसुवामा सञ्चालित सार्वजनिक यातायात खुलेको छ ।

    मंगलबार यातायात व्यवसायी र सरोकारवाला निकायबीच सहमति जुटेपछि यातायात सुचारू गरिएको हो । वाग्मती प्रदेश सरकारलाई जिल्लाका सबै जनप्रतिनिधि तथा राजनीतिक दल, स्थानीय प्रशासनले भाडा सम्बन्धमा यथासक्य चाँडो न्यायोचित सम्बोधन गर्न जोडदार माग गर्न आवश्यक पहल गर्ने गरी मंगलबार दिउँसोबाट यातायात सुचारु गर्ने निर्णय भएको स्थानीय प्रशासनले जनाएको छ ।
    न्यायोचित भाडादर बढाउन प्रदेश सरकारलाई समक्ष सबै दलले पहल गर्ने गरी सार्वजनिक यातायात सञ्चालनमा ल्याएको पासाङ ल्हामु बस व्यवसायी समितिका अध्यक्ष कुलबहादुर खड्गीले बताए ।

    मंगलबार दिउँसो जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङको पहलमा यातायात व्यवसायी, स्थानीय निकाय विदुर नगरपालिका, जिल्ला प्रशासन, राजनीतिक दलबीच छलफल गरी यातायात सञ्चालनमा ल्याएका हो ।
    न्यायोचित भाडादर कायम गर्नुपर्ने माग गर्दै पासाङ ल्हामु, केरुङ, टिमुरे, माइक्रोबस व्यवसायीहरु सोमबारदेखि आन्दोलित थिए । साना ठूला गरी नुवाकोट र रसुवामा ५ सयभन्दा बढी सार्वजनिक सवारी साधन सञ्चालित छन् ।

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here