चीनले कोरोना विरुद्धको थप १० लाख खोप नेपाललाई अनुदान दिने 

असोज — १८, चीनले नेपाललाई कोरोनाविरुद्धको थप १० लाख डोज खोप नेपाललाई अनुदान दिने भएको छ । चीनियाँ दूतावासले एक साता अघि परराष्ट्र मन्त्रालयलाई खोप दिनेबारे जानकारी गराएको थियो ।

‘चीन सरकारले नेपाललाई थप १० लाख डोज सिनोभ्याक्स खोप उपलब्ध गराउने निर्णय गरेको छ’ चीनियाँ दूतावासका प्रवक्ता लु आन सिउतानले भने,‘अनुदानमा सहयोग गरेको खोपले नेपाली जनताको रोगप्रतिरोधी क्षमता विकास गर्न सहयोगी हुने अपेक्षा लिइएको छ ।’ यससम्बन्धि सहयोगका प्राविधिक विषयमा छलफल भइरहेको उनले बताए । चीनले नेपाललाई यसअघि २८ लाख डोज खोप अनुदान दिएको थियो ।
परराष्ट्रमन्त्री नारायण खड्का र नेपालका लागि चीनका राजदूत होउ यान्छीबीच पनि सोमबार भेटवार्ता भएको थियो । नवनियुक्त परराष्ट्रमन्त्री खड्कालाई शिष्टाचार भेटका लागि राजदुत होउ सोमबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुगेकी थिइन् ।

परराष्ट्र मन्त्रालयका अनुसार उक्त अवसरमा मन्त्री खड्का र राजदूत होउ बीच द्विपक्षीय विविध विषयमा छलफल भएको थियो । साथै, कोरोना भाइरसविरुद्धको खोपको सम्बन्धमा पनि सहकार्य विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here