जनगणना २०७८ काे लागि गणककाे सटलिष्ट प्रकाशन, धादिङमा ७१९ जना

नेपाल सरकार राष्ट्रिय जनगणना केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना २०७८ काे लागि गणककाे सटलिष्ट प्रकाशन गरे संगै धादिङमा ७१९ जनाकाे नाम प्रकाशन गरेकाे छ । धादिङको रूविभ्यालि गाउँ पालिकाकाे १९ जना , खनियावास गा.पा २१ जना , गंगाजमुना गा.पा १५ जना, त्रिपुरासुन्दरी गा.पा ६८ जना, नेत्रावति डब्जाेङ गा.पा २४ रहेकाे छ ।

त्यस्तै निलकण्ठ न.पा मा सबै भन्दा धेरै १३३ जना, ज्वालामुखी गा.पा ५६ जना, सिद्वालेक गा.पा ४९ जना, वेनिघाट राेराङ गा. पा ६३ जना, गजुरी गा.पा ५१ जना, गल्छी गा.पा ५१ जना, थाक्रे गा.पा ७१ जना, धुनिवेसी न.पा मा ५६ जना गरि कुल जम्मा ७१९ काे नाम सटलिष्ट प्रकाशन गरेकाे छ ।

जनगणनाकाे लागि यस अघि नै १२८ जना सुपरिवेक्षकहरू नियुक्त भई गणनाकाे प्रारम्भिक चरणकाे लागि समुदायमा खटिई सकेकाे कुरा जनगणना कार्यलय धादिङका जिल्ला गणना अधिकारी राज तिवारीले जानकारी दिनुभयाे ।

सटलिष्टमा ७१९ जना छनाेट भए पनि अन्तिम नामावली प्रकाशनबाट ४६१ जना छनाेट गरीने छ । सटलिष्टमा परेकाहरूकाे व्यक्तिगत विवरण लिने कार्य दशै पछि सुरूहुने अधिकृत तिवारीले बताउनु भयाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here