धादिङमा सोमबार १३ जनामा कोरोना संक्रमण पुष्टि, ४ जना डिस्चार्ज

असोज ११

सोमबार धादिङमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरुमा ज्वालामुखीमा १, धुनिबेसी १, गंगाजमुनामा २ र धादिङ्ग हस्पिटलमा परिक्षण गराएका ९ जना रहेको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ ।

जिल्लामा सोमबार ४ जना निको भएर डिस्चार्ज भएका छन् भने यस्तै हाल जिल्लामा सक्रिय संक्रमितको संख्या २७ रहेको छ । जसमध्ये जिल्ला हस्पिटल आइसोलेसनमा ४ र होम आइसोलेसनमा २३ जना रहेका छन् । २६ एण्टीजेन परिक्षण मध्ये ४ पोजिटिभ आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here