धादिङमा जिल्ला स्तरीय फोटो प्रतियोगिता तथा प्रदर्शनी कार्यक्रम सम्पन्न

असोज ११
होराईजन खबर संबादाता

धादिङ जिल्ला स्तरीय दोस्रो खुल्ला फोटो प्रतियोगितामा विभिन्न विधाका उत्कृष्ट ५ जना पुरस्कृत भएका छन् । पुरस्कृत हुनेहरुमा दैनिक जनजीवन विधामा काठमाडौका सुशील श्रेष्ठं, पर्यटन विधामा लाला गुरुङ, महिला तथा बालबालिका विधामा काठमाडौका सागर बस्नेतं, कला धर्म र सस्कृती विधामा धादिङका अर्जुन श्रेष्ठ र आर्थिक विधामा पूजा थापा रहेका छन् । विजेताहरुलाई नगद २० हजार, ट्रफी र प्रमाण पत्रले सम्मान गरिएको थियो ।

फोटोको माध्यमबाट धादिङ जिल्लालाई विश्व सामु परिचित गराउने उद्देश्यका साथ फोटो पत्रकार संघ धादिङले आयोजना गरेको फोटो पत्रकार धादिङका अध्ययक्ष मनिष दुवाडिले बताउनुभयो । निलकन्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङ्गानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राष्ट्रिय फोटो पत्रकार समूह नेपालका अध्यक्ष प्रदिपराज पन्तको विशेष आतिथ्यता रहेको थियो ।

यस्तै राष्ट्रिय फोटो पत्रकार समुह नेपालका उपाध्यक्ष सहित कार्य समितिका सदस्यहरु, धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रुद्रबहादुर खत्री, माओवादी केन्द्र धादिङका सह–इन्चार्ज रामबहादुर भण्डारी लगायत जिल्लाका क्रियाशील पत्रकारहरुको उपस्थिति रहेको थियो ।

यसैगरी प्रदर्शनीमास्कटल्याण्डको एबरडीनमा रहेको जोन एम हेन्डरसन कम्पनीबाट सामग्री मगाएर नेपालको आफ्नै इञ्जिनियर किशोर नरसिंह राणाले डिजाइनमा बनाइएको पुलहरु मध्ये धादिङको आँखुखोलामा बनाइएको झोलुङ पुलको विक्रम संवत १९७९ सालमा खिचिएको फोटो, २०३४ सालमा खिचिएको गजुरीमा ग्रामिण विद्युत विस्तार कार्यक्रमदेखि हालसम्मका फोटोहरु राखिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here