काठमाडौंमा आज नुवाकोटकी एक महिला सहित २ मृत फेला

असोज – ११, काठमाडौं । आइतवार दिउँसो काठमाडौंका फरक दुई ठाउँमा गरी दुई जना मृत अवस्थामा फेला परेका छन्। काठमाडौं महानगरपालिका-१६ माछापोखरी बसन्तनगरस्थित गेष्ट हाउसको कोठामा एक जना मृत फेला परे।

नुवाकोट बिदुर नगरपालिका-१० घर भएका ५५ वर्षीया संतुमाया डंगोल मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ।
यसैगरी काठमाडौं महानगरपालिका १५ स्वयम्भूस्थित कोठामा ललितपुर महाकाल गाउँपालिका-४ स्थित गुम्बामा पढ्न बसेका मकवानपुर राक्सिराङ गाउँपालिका-३ घर भएका १६ वर्षीय पेलसाङ लामा मृत अवस्थामा फेला परेका थिए। दुईवटै घटनाको अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here